बालदिवशका अवसरमा सिरानचोक गाउँपालिकाद्धारा शैक्षिक सामाग्री वितरण

Share on Your Social Media
  • 216
  •  
  •  
  •  
  •  
  •  
    216
    Shares

खोजखबर
गोरखा, भदौं ३० गते ।
गोरखाको सिरानचोक गाउँपालिकाले बालदिवशको अबसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा अनुसार विपत्तमा परेका बालबालिकाको संरक्षणका लागि सहयोग कार्यक्रम अन्र्तगत प्रदेश वडाका ५/५ जना विद्यार्थीलाई सहयोग उलपब्ध गराइएको महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ढकालले जानकारी दिइन् ।

‘वडा बाल संरक्षण समितिले मातहतका विद्यालयसँग समन्वय गरी बुबाआमा दुबै गुमाएका, अनाथ, अपाङ्गता भएका बालबालिकाहरु छानेर गाउँपालिकामा नाम पठाएको थियो,’ उनले भनिन्, ‘वडा नम्बर ६ बाट ६ जना र अन्य वडामा ५/५ गरी आठ वडाका ४१ लाई हामीले शैक्षिक समाग्री वितरण गरेका छौं ।’
प्रति विद्यार्थी १ हजारका दरले स्टेशनरी सामाग्री वितरण गरिएको उनले बताइन् । झोला, कापी, कलम सिसाकलम, कटर, इरेजर, क्याल्कुलेटर, डिक्सनेरी, सामान्य ज्ञानका पुस्तक, हस्तलेखन कापी लगायतका शैक्षिक सामाग्री उपलब्ध गराइएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
यसैवीच वडा नम्बर २ ले भने थप २ जना विद्यार्थीलाई समेत शैक्षिक सामाग्री वितरण गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको शैक्षिक सामाग्रीसँग वडा कार्यालयको तर्फबाट अन्य शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत थप गरेर विद्यार्थीलाई उपलब्ध गराइएको वडा अध्यक्ष एवं वडा बाल संरक्षण समितिका संयोजक ज्ञानेन्द्र गुरुङ्गले जानकारी दिए ।
सिरानचोक गाउँपालिकाका ८ वटै वडामा वडा अध्यक्ष एवं वडा बाल समन्वय समितिका संयोजकहरुले बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *