लामो सयमदेखि जारी निषेधआज्ञा आजबाट हट्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असोज १ गते ।

गोरखामा लामो समय देखि जारी निषेधआज्ञा अब हट्ने भएको छ । बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित कमाण्डपोष्ट र संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले बिहीबार देखि निषेधआज्ञा हटाउने निर्णय गरेको हो । ‘सिमा नाकामा कडाई कायम राख्दै जिल्ला भित्र भने व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘तर स्वास्थ्य र सुरक्षाका मापदण्ड भने अपनाउन सबैलाई आग्रह गर्दछौं ।’
बिहीबार देखि व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहलमा हुने गतिविधि बाहेकका पसल एवं व्यापार व्यवसाय सञ्चालनमा आउने सक्ने प्रशासनले बताएको छ । ‘सरकारले सञ्चालन अनुमती प्रदान गरेकामात्र गतिविधि गर्न पाइनेछ,’ उनले भने,‘अनुमती नपाएका कुराहरु खुल्ला भएमा कानून अनुसार कारवाही गरिनेछ ।’ सरकारले अहिलेसम्म शिक्षण सस्था र सो सँग सम्बन्धित गतिविधिहरु पनि सञ्चालन गर्न अनुमती नदिएको रोकाले बताए । सभा समारोह, सास्कृतिक, धार्मिक, राजनितिक सभासम्मेलन पनि गर्न पाइनेछैन । जिल्ला भित्र आन्तरिक रुपमा यातायात सेवा सञ्चालन गर्ने पूर्ण रुपले अनुमती प्रदान गरिएको छ । यदी सरकारको निर्णय अनुसार लामो दुरीका यातायात सञ्चालन भएमा स्वास्थ्य र सुरक्षाका मापदण्डलाई थप कडाईका साथ पालन गरी प्रत्येक पालिकाले यात्रुहरुको लगत राख्नु पर्ने नियम बनाइएको छ । ‘निषेधआज्ञा भएका जिल्लाहरु बाहेक अन्यत्र जान पाइन्छ,’ रोकाले भने, ‘सरकारले बनाएको मापदण्ड भने पूर्ण रुपले पालना गर्नुपर्नेछ ।’ अनुमती पाएसँगै लामो समय पछि जिल्लामा सार्वजानिक यातायात सञ्चालन हुने भएका छन् । जिल्लामा रहेका दरौंदी यातायात प्रालि र पृथ्वी राजमार्ग यातायात प्रालिले आजैबाट बस सञ्चालन गर्ने बताएका छन् । पृथ्वीले भने सरकारको निर्णय आउनु पूर्व नै असोज १ गतेबाट अन्र्तजिल्ला बस चलाउने समेत घोषणा गरिसकेको थियो ।
भदौ १ गतेबाट जिल्लाका विभिन्न ठाउँमा नियमित रुपमा निषेधआज्ञा जारी भएपछि सरकारी तथा गैरसकारी कार्यालयहरुको सेवा समेत प्रभावित भएको थियो । जिल्लाका अन्य ठाउँमा केही खुकुलो भएपनि सदरमुकाम मै समुदाय स्तरमा कोरोना देखिएपछि कडाई गरिएको थियो । अहिले स्थिती नियन्त्रणमा आइसकेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
उद्योग कलकारखाना, विकास निर्माणका काम सञ्चालनमा कुनै पनि अबरोध नभएपनि स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड भने पालना गर्न प्रशासनले आग्रह गरेको रोकाले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *