उत्तरी गोरखा जाने सडक निर्माणको काम गरिरहेका एक मजुदरको लडेर मृत्यु

Share on Your Social Media
  • 102
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares

खोजखबर
गोरखा, असोज ४ गते ।
सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडकखण्डमा काम गरिहरहेका २० वर्षीय दिपक गुरुङ मृत्यु भएको प्रहरीले बताएको छ । धार्चे गाउँपालिका वडा नम्बर १ दुवानका गुरुङ वडा नम्बर ३ को लाक्पाल बस्ती नजिकै सडकबाट चिप्लिएर करिब ४० मिटर तल बूढीगण्डकी किनारमा खसेका थिए ।
उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । मृत्तक शव पोष्टमार्टनका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्यायएको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *