सिरानचोक सात श्रीनाथकोटमा प्रवेश गर्न पिसिआर अनिवार्य, गएपछि पनि क्वारेन्टिनमा बस्नुपर्ने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असोज ४ गते ।

सिरानचोक गाउँपालिका वडा नम्बर ७ प्रवेश गर्नका लागि पिसिआर रिर्पोट अनिवार्य गरिएको छ ।
स्थानीय कोरोना प्रतिकार्य समितिको आग्रहमा सोमबार वडा कार्यालयले बिदेश तथा स्वदेशका अति संक्रमित क्षेत्रबाट आउने सर्वसाधारणलाई कडाई गर्ने निर्णय गरेको हो । यदी पिसिआर रिर्पोट भएपनि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । उक्त नियमको वेवास्ता गरे सामुहिक क्वारेन्टिनमा राखिन र सोको खर्च समेत स्वम् व्यक्तिले बेहोर्नु पर्ने निर्णय गरिएको वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।
पिसिआर परिक्षण गरेको ७२ घण्टापछि प्रवेश गरेमा पनि उक्त नियम लागु हुने बताइएको छ । यदी उक्त वडामा जानु परेमा अनिवार्य रुपमा पहिले नै स्थानीय कोरोना प्रतिकार्य समितिका संयोजकलाई फोन गर्नुपर्ने व्यवस्था गरिएको छ । गाउँमा प्रवेश गर्ने र क्वारेन्टिनमा बसेका मानिसको निग्रानी भने स्थानीय कोरोना प्रतिकार्य समितिले गर्नेछ । यदी उक्त निर्णयको उलघंन गरे संक्रामक ऐन २०२० अनुसार कारवाहीका लागि प्रहरीलाई बुझाइने वडा कार्र्यालयले चेतावनी दिएको छ ।


साथै अन्य सर्वसाधरणलाई पनि सरकारले तोकेका स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ । सिरानचोक गाउँपालिकाले सबै वडाहरुमा कोरोना प्रतिकार्य समिति गठन गरी रोकथाम र नियन्त्रणका विभिन्न गतिविधिहरु सञ्चालन गरिहरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *