गोरखाका १८ जनामा कोरोना संक्रमण, आठ जना प्रहरी

Share on Your Social Media
  • 47
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

खोजखबर
गोरखा, असोज १९ गते ।
सोमबार गोरखामा १८ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशालयले दिएको जानकारी अनुसार गोरखा ११, बाह्र किलोमा कार्यरत प्रहरी रहेका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत एक जना ४८ वर्षका पुरुषको भने वडा खुलेको छैन । १२ किलो प्रहरी चौकीमा कार्यरत दुई महिला प्रहरीका १२ र ३ वर्षका छोराहरु समेत संक्रमित भएको निर्देशनालयले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका गोरखा नगरपालिका १० का ३० र १४ का ४४ वर्षका पूरुषमा पनि संक्रण पुष्टि भएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । पालुङटार नगरपालिका ९ का ३३ वर्षीय पुरुषको पिसिआर रिर्पोट पनि पोजेटिभ आएको छ । उनी कन्ट्याक्ट टे«सिङ परेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *